काठमाडौँ- स्याङ्जा-२ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले नेकपा एमालेका सचिव पदमा अर्याललाई ६ हजार बढी मतले पछि पारेका हुन्।
अहिलेसम्म गुरुङले २८ हजार ३७ ल्याएका छन् भने अर्यालले २१ हजार ८४६ मत ल्याएकी छन्। त्यस्तै अर्याललाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६६३ मत ल्याएका छन्। मंसिर ४ मा भएको निर्वाचनमा बुथ कब्जा भएको लगायत विवाद यहाँको मतगणना ढिलो गरी सुरु भएको हो।
                            प्रकाशित: १७ मंसिर  २०७९ १५:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

