स्याङ्जा- स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन्। जारी मतगणनामा नेकपा एमालेकी पद्माकुमारी अर्याल भन्दा धनराजको २२ सय १३ मत बढी छ।
धनराजले २२ हजार ४८० पाएर अग्रता लिइरहँदा पद्मा २० हजार २६७ मतका साथ पच्छ्याइरहेकी छन्। यस क्षेत्रमा स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७२ सय ३८ मत पाएका छन्।
यस्तै, गण्डकी प्रदेशसभा सदस्यमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ। २ (क) बाट जितिसकेको कांग्रेसले (ख) मा पनि निरन्तर अग्रता लिइरहेको छ।
प्रदेशसभामा कांग्रेसका महेश भट्टराई एमालेका बुद्धिमान श्रेष्ठ भन्दा १४२ मतले अगाडि छन्। भट्टराईले १० हजार २६१ र मत पाएका छन् भने श्रेष्ठले १० हजार ११९ मत पाएका छन्। (क) बाट कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्।
                            प्रकाशित: १७ मंसिर  २०७९ ७:३७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

