स्मार्ट क्यूआरमा १० प्रतिशत छुट

हिमाल प्रेस ७ पुष २०७९ १२:२२ | Thursday, December 22, 2022
स्मार्ट क्यूआरमा १० प्रतिशत छुट

 काठमाडौँ- एक्सप्रेस सुपरमार्केटमा स्मार्टच्वाइस टेक्नोलोजिज्को स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने भएको छ।

यसको लागि स्मार्टच्वाइस टेक्नोलोजिज् र एक्सप्रेस सुपरमार्केटबीच सम्झौता भएको छ।

यसअनुसार कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत र बढीमा तीन सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ।

एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया एप, नमस्ते पे, प्रभु पे, सजिलो पेलगायतबाट पनि भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: ७ पुष २०७९ १२:२२ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast