स्कुल बसको ठक्करबाट प्रहरी जवानको मृत्यु

हिमाल प्रेस २५ मंसिर २०७९ १३:१५ | Sunday, December 11, 2022
स्कुल बसको ठक्करबाट प्रहरी जवानको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- कीर्तिपुरमा स्कुल बसको ठक्करले एक प्रहरी जवानको मृत्यु भएको छ। आज आइतबार बिहान ९ बजे स्कुल बसले ठक्कर दिँदा सशस्त्रका प्रहरी जवानको मृत्यु भएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्रका जवान सुवासचन्द्र रतलाको मृत्यु भएको हो।

उनको उपचारको क्रममा बयोधा अस्पताल ललितपुरमा निधन भएको प्रहरीले जनाएको छ। बस र चालकलाई कीर्तिपुर प्रहरी वृत्तले नियन्त्रणमा लिएर अनुसन्धानको काम भइरहेको बताइएको छ।

प्रकाशित: २५ मंसिर २०७९ १३:१५ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast