सेयर बजार स्थिर, कारोबार ७७ करोडमा सीमित

हिमाल प्रेस २७ मंसिर २०७९ १५:३१ | Tuesday, December 13, 2022
सेयर बजार स्थिर, कारोबार ७७ करोडमा सीमित प्रतीकात्मक तस्बिर।

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ। २.५७ अंकले बजार घट्दा कारोबार रकम ७७ करोड ७० लाखमा सीमित भएको छ।

आज कारोबार भएकामध्ये १०४ कम्पनीको सेयर मूल्य घटेको छ। ९० कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।

मंगलबार २० लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। सेयर बजार सामान्य अंकले घटे पनि सीवाईसी नेपाल लघुवित्तमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै साञ्जेन जलविद्युत्, नबिल ब्यालेन्स फन्ड-२, माथिल्लो तामाकोशी, सनराइज ब्लुचिफ फन्डलगायत कम्पनीका लगानीकर्ताले बढी कमाएका छन्।

कारोबार रकमका हिसाबले आज नबिल बैंक शीर्ष स्थानमा छ। नबिलको ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने दोस्रो नम्बरमा रहेको नेपाल टेलिकमको ६ करोड मूल्यको सेयर खरिदबिक्री भयो।

प्रकाशित: २७ मंसिर २०७९ १५:३१ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast