सेञ्चुरीका ग्राहकलाई काठमाडौँ क्यान्सर सेन्टरमा छुट

हिमाल प्रेस १ पुष २०७९ १३:३३ | Friday, December 16, 2022
सेञ्चुरीका ग्राहकलाई काठमाडौँ क्यान्सर सेन्टरमा छुट

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौँ क्यान्सर सेन्टरबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका बाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहकले चाँगुनारायणमा रहेको क्यान्सर सेन्टरका विभिन्न सेवामा छुट सुविधा पाउनेछन्।

सेन्टरले थ्रीडी सीआरटी, आईएमआरटी, भीम्याटलगायत सेवामा छुट दिनेछ। छुट पाउन ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: १ पुष २०७९ १३:३३ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast