सुन तोलाकै एक लाख पाँच सय

हिमाल प्रेस २५ मंसिर २०७९ ११:३५ | Sunday, December 11, 2022
सुन तोलाकै एक लाख पाँच सय

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेर एक लाख पाँच सय पुगेको छ।

अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रूपैयाँले बढेर एक हजार चार सय पुगेको महासंघले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ११:३५ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast