सुनसरीमा एक हात्ती मृत अवस्थामा फेला

हिमाल प्रेस ८ पुष २०७९ १५:०८ | Friday, December 23, 2022
सुनसरीमा एक हात्ती मृत अवस्थामा फेला

इटहरी– सुनसरीमा एक हात्ती मृत अवस्थामा भेटिएको छ। सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र हात्ती मृत अवस्थामा फेला परेको हो। सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीका अनुसार अन्दाजी ३०/४० वर्षको देखिने मत्ता हात्ती शुक्रबार बिहान ६ बजे मृत अवस्थामा भेटिएको हो।

हात्ती दुर्गन्धित अवस्थामा फेला परेको उनले बताए। हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भन्ने यकिन गर्न बाँकी रहेको उनको भनाइ छ। कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गरिने वा सदगद गर्नेबारे प्रक्रिया सुरु हुने बताइएको छ। वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा घटनाको मुचुल्का उठाइएको छ।

प्रकाशित: ८ पुष २०७९ १५:०८ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast