 
                             
                                            काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख ३ सय पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार ७ सयमा सुनको कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार दुई सय थियो।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार ३ सय ९० पुगेको छ।
                            प्रकाशित: २३ मंसिर  २०७९ ११:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 