सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते

हिमाल प्रेस १५ पुष २०७९ १५:२७ | Friday, December 30, 2022
सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते (सोमबार) आह्वान गरिएको छ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक आह्वान गरेको हो।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अधिवेशन सोमबार दिउँसो १ बजे देखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ।  प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन्।

प्रकाशित: १५ पुष २०७९ १५:२७ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast