सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण [तस्बिरहरू]

हिमाल प्रेस १५ पुष २०७९ १३:५८ | Friday, December 30, 2022
सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण [तस्बिरहरू]

काठमाडौँ- सुदूरपश्चिमका प्रदेशसभाका सदस्यहरूले आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले शपथ लिने कार्यक्रम छ। त्यसपछि अन्य ५२ जना प्रदेश सभा सदस्यहरूको शपथ हुनेछ।

प्रदेशसभाका ६ जना सांसद्‌ले मातृभाषामा शपथका लागि नाम टिपाएका छन्। नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी सांसद् गीता चौधरीले मातृ भाषामा शपथ लिन नाम टिपाएका हुन्। अन्य सबै सांसद्‌ले नेपाली भाषामा नै शपथ लिने जनाइएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९ सांसद् छन्। यस्तै, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।

प्रकाशित: १५ पुष २०७९ १३:५८ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast