काठमाडौँ- भारत सिक्किमको जेमामा शुक्रबार भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ जना सैनिकको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
अहिले सेनाको हेलिकप्टरबाट शव र घाइते सैनिकको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सेनाका अनुसार गाडी अनियन्त्रत भएर खाडलमा खसेको थियो। यो सँगै सेनाका अन्य दुई वटा गाडी पनि थिए।
सेनाका तीन वटै गाडी चटनदेखि थंगुका लागि हिँडेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले प्रधानमन्त्री राहत कोषबाट मृत्यु हुनेका परिवारलाई २/२ लाख रूपैयाँ र घाइते हुनेहरूलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।
प्रकाशित: ८ पुष २०७९ १६:३५ | Friday, December 23, 2022
प्रतिक्रिया




