साढे ९ लाखको मदिरासहित दुई जना पक्राउ

हिमाल प्रेस २७ मंसिर २०७९ १२:०७ | Tuesday, December 13, 2022
साढे ९ लाखको मदिरासहित दुई जना पक्राउ

महोत्तरी- महोत्तरीमा ९ लाख ६४ हजार बराबरको मदिरासहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

नेपालबाट भारततर्फ चोरीनिकासी गर्दै गरेको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुई जनालाई सोमबार पक्राउ गरिएको हो।

भारतका ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई मटिहानी नगरपालिका–७ स्थित परिक्रमा गाछी इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीले पक्राउ गरेको हो।

बीआर ०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद मदिरा, गाडी र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।

प्रकाशित: २७ मंसिर २०७९ १२:०७ | Tuesday, December 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast