सांसदको शपथअघि राणाले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस ६ पुष २०७९ १६:१० | Wednesday, December 21, 2022
सांसदको शपथअघि राणाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ– नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणअघि संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहीबार दिउँसो सबै दलका र स्वतन्त्र सांसदहरूको सर्वदलीय बैठक बोलाएका छन्। राणाले केही घण्टाअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्यको पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

बिहीबार मध्याह्न १२ बजे बस्ने उक्त बैठकमा सबै दलका १/१ जना गरेर १२ जना र स्वतन्त्रतर्फबाट ५ जना सांसद सहभागी हुने बताइएको छ। नवनिर्वाचित सांसद्हरूले बिहीबार दिउँसो १ बजे शपथ लिने कार्यसूची छ।

प्रकाशित: ६ पुष २०७९ १६:१० | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast