सहिद परिवारलाई मासिकभत्ता

हिमाल प्रेस २ पुष २०७९ १३:०३ | Saturday, December 17, 2022
सहिद परिवारलाई मासिकभत्ता

सप्तरी- सप्तरीको राजविराज नगरपालिकाले विभिन्‍न आन्दोलनमा सहिद भएका नगर क्षेत्र भित्रका सहिद परिवारलाई मासिक पाँच हजार एक सय रुपैयाँ उपलब्ध गराएको छ।

आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार सहिदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ।

हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारको संख्या तीन पुगेको छ। मासिक पाँच हजार एक सयका दरले सहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए।

उक्त सुविधा प्राप्त गर्न सहिद परिवारले सहिद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ । सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिएका छन्।

प्रकाशित: २ पुष २०७९ १३:०३ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast