सरकार गठनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

हिमाल प्रेस ७ पुष २०७९ १८:५५ | Thursday, December 22, 2022
सरकार गठनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। सरकार गठनको विषयमा छलफल गर्न प्रचण्ड र नेपाल कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रट्ठ देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।

देउवा बुधबार मात्रै कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन् भने प्रचण्ड र नेपाल पार्टीमा सर्वसम्मत दलको नेता चयन भए। गठबन्धनकै सरकार बनाउने र पहिलो चरणमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा विवाद छ।

देउवा आफैँ पहिलो चरणमा प्रधानमन्त्री हुने गरी तयारी गरेका छन् भने प्रचण्ड पनि पहिलो चरणमा आफैँ प्रधानमन्त्री हुनुपर्ने अडानमा छन्। नेपाल भने पाँच वर्षे कार्यकालमा कम्तिमा एक वर्ष सरकारको नेतृत्व गर्ने या राष्ट्रपति पाउनुपर्ने अडानमा छन्।

प्रकाशित: ७ पुष २०७९ १८:५५ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast