काठमाडौँ- नेकपा एमाले सांसद गोकुल बाँस्कोटाले किसानले मल नपाएर सास्ती बेहोरिरहेको बारे सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।
किसानले मल नपाएको दुई वर्ष भइसक्दा नयाँ सरकार भने विदेशबाट मोबाइल सेट ल्याउनेतर्फ अल्झिएको भन्दै उनले कटाक्ष गरेका छन् ।
‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झे जस्तो छ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने भन्दै बाँस्कोताले कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था नगरेको बताएका छन्।
प्रकाशित: १६ पुष २०७९ ७:२७ | Saturday, December 31, 2022
प्रतिक्रिया



