काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ।
बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए।
राप्रपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्षले पार्टी सरकारमा सहभागी हुन नहुने बताएका छन्।
प्रकाशित: १३ पुष २०७९ ९:०९ | Wednesday, December 28, 2022
प्रतिक्रिया




