सरकारमा जानेबारे निर्णयका लागि जसपाको बैठक बस्दै

हिमाल प्रेस १० पुष २०७९ १५:०६ | Sunday, December 25, 2022
सरकारमा जानेबारे निर्णयका लागि जसपाको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक बस्ने भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टीको बैठक बस्ने जानकारी दिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा केहीबेरअघि भएको छलफलबाट बाहिरिँदै राईले यस्तो जानकारी दिएका हुन्। ‘सरकारमा जाने वा नजानेबारे हाम्रो पार्टीको आधिकारिक धारणा बनाउन पार्टीको बैठक बस्दैछ। म त्यो बैठकमा जान लागेको,’ उनले भने।

बालकोटमा एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका नेताहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकार गठनका लागि छलफल गरेका हुन्।

प्रकाशित: १० पुष २०७९ १५:०६ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast