समानुपातिक सांसद छान्‍न जसपाको बैठक बस्दै

हिमाल प्रेस २४ मंसिर २०७९ ८:२२ | Saturday, December 10, 2022
समानुपातिक सांसद छान्‍न जसपाको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसद छान्न आज बैठक बस्दैछ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार बैठकले समानुपातिकतर्फका सांसद्‍बारे निर्णय गर्नेछ। जसपाले समानुपातिकतर्फ प्रतिनिधिसभामा ५ र प्रदेशसभामा ९ सिट पाएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ८:२२ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast