सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

हिमाल प्रेस १४ पुष २०७९ ९:४७ | Thursday, December 29, 2022
सन्दीप लामिछानेको पुनरावेदन पेसी आज

काठमाडौँ- बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीबार) परेको छ।

पाटन उच्च अदालतमा आज पेसी रहेको छ। उनका कानुन व्यवसायीले गत २९ मंसिरमा पुनरावेदन गरेका थिए। आफू निर्दोष भएको दाबी गर्दै आएका लामिछानेले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका छन्।

नाबालिग जबरजस्ती करणीको आरोपित लामिछानेलाई कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

सन्दीपका कानुन व्यवसायीले दिएको निवेदनमा किशोरीको उमेर १८ वर्षमाथि रहेको दाबी गरिएको छ ।

प्रकाशित: १४ पुष २०७९ ९:४७ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast