‘सनाखत’ बन्‍ने, मुख्य भूमिकामा मदनकृष्ण

हिमाल प्रेस ७ पुष २०७९ १०:२१ | Thursday, December 22, 2022
‘सनाखत’ बन्‍ने, मुख्य भूमिकामा मदनकृष्ण

काठमाडौँ- फिल्म ‘सनाखत’ बन्‍ने भएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको शुभारम्भ गरेका छन्।

फिल्म नेपाल भाषाका प्रसिद्ध कथाकार लक्ष्मण राजवंशीको कथामा आधारित हुनेछ। आर्यम नकर्मीको निर्देशन रहने फिल्मममा सामाजिक कथा देख्न सकिनेछ।

मदनकृष्ण श्रेष्ठ मुख्य भूमिका रहने फिल्ममा नारायणदेवी प्रधान, राजाराम पौडेल, धीरेन शाक्य, प्रकाश श्रेष्ठ,सुनीता ठाकुरलगायत कलाकारको अभिनय छ।

कलाकार श्रेष्ठले सिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा आयोजित एक समारोहमा लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पणसमेत गरेका छन्।

प्रकाशित: ७ पुष २०७९ १०:२१ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast