सडक दुर्घटनामा १६ भारतीय सैनिकको मृत्यु

हिमाल प्रेस ८ पुष २०७९ १९:१३ | Friday, December 23, 2022
सडक दुर्घटनामा १६ भारतीय सैनिकको मृत्यु

काठमाडौँ- शुक्रबार सडक दुर्घटनामा परेर भारतीय सेनाका १६ जनाको मृत्यु भएको छ। उत्तरी सिक्किमको जेमामा भएको दुर्घटनामा ती सैनिकको मृत्यु भएको टाइम्स अफ इन्डियाले लेखेको छ।

चात्तेनबाट थांगुतर्फ गइरहेका तीन सवारी साधनमध्ये एउटा सडकमा चिप्लिँदा दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परेको सोे ट्रकबाट उद्धार गरिएका सैनिकमध्ये चारलाई हेलिकप्टरमार्फत थप उपचारका लागि सिक्किमबाट बाहिर लगिएको टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ।

दुर्घटनामा परेर ज्यान गुमाएका सैनिकप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंहले समवेदना प्रकट गरेका छन्।

प्रकाशित: ८ पुष २०७९ १९:१३ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast