सगरमाथा आरोहण गर्ने इलामका दुई जना सम्मानित

हिमाल प्रेस २५ मंसिर २०७९ २०:१६ | Sunday, December 11, 2022
सगरमाथा आरोहण गर्ने इलामका दुई जना सम्मानित

इलाम– सगरमाथा आरोहण गर्ने इलामका दुई जना सम्मानित भएका छन्। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङलाई आइतबार सम्मान गरेको हो।

इलाम १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतले हिमाल आरोहण मृत्युसँगको लडाइँजस्तै भएको भन्दै आरोहीहरूलाई राष्ट्रको गौरव ठानेर तीनै तहको सरकारले सम्मान गर्नुपर्ने बताए। ‘सगरमाथा चढ्ने कुरा सामान्य होइन। मृत्युलाई छक्याएर विजयी हुने कुरा असमान्य साहस हो । राज्यका सबै तहका सरकारले गर्व गर्दै उहाँहरूलाई सम्मान गर्नुपर्छ,’ उनले भने।

सांसद बस्नेतले जीवन र मरणको यात्रा पार गरेर विश्वलाई साहसको परिचय दिने उनीहरू समाजका प्रेरणाका स्रोत भएको भन्दै प्रशंसा गरे। इलाम सूर्योदयका शेर्पाले ०७० साल जेठ ६ गतेसगरमाथा आरोहण गरेका थिए। यस्तै सोही पालिका निवासी तामाङले ०७९ साल वैशाख ३० गतेसगरमाथा आरोहण गरेका थिए।

उनीहरूले इलामका विभिन्न पर्यटकीय स्थलहरूको तस्बिर सगरमाथाको चुचुरोमा फहराएको युवा संघ इलामका अध्यक्ष चन्द्र पाठकले बताए।

प्रकाशित: २५ मंसिर २०७९ २०:१६ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast