संसद् भवनमा नवनिर्वाचित सांसदहरूको ‘इन्ट्री’ [तस्बिरहरू]

दिपेश श्रेष्ठ ७ पुष २०७९ १२:५४ | Thursday, December 22, 2022
संसद् भवनमा नवनिर्वाचित सांसदहरूको ‘इन्ट्री’ [तस्बिरहरू]

काठमाडौँ- प्रतिनिधिसभामा निर्वाचित भएका सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।

संघीय संसद् सचिवालयका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ।

अहिले संसद् भवनमा नवनिर्वाचित सांसद्हरू पुग्ने क्रम जारी छ। नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

प्रकाशित: ७ पुष २०७९ १२:५४ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast