संसद्लाई राजनीतिको केन्द्र बनाउनेछौँ : गगन थापा

हिमाल प्रेस ७ पुष २०७९ १५:५८ | Thursday, December 22, 2022
संसद्लाई राजनीतिको केन्द्र बनाउनेछौँ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले संसद्मा यसअघिको अनुभव समेटेर नयाँ आएका साथीहरूसँग मिलेर काम गर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि उनले सञ्चारकर्मीसँग भने, ‘सांसदको रूपमा विगतका अनुभवका आधारमा नयाँ साथीहरूसँग मिलेर काम गर्न चाहन्छौँ।’ उनले संसद्लाई संसद्को भूमिकामा लैजान नसकिएको बताए। थापाले ह्विपको गलत अभ्यास रहेको भन्दै उनले सांसदहरू विधायकका रूपमा भूमिका निर्वाह गर्ने क्रममा चुक्दै आएको पनि बताए।

उनले भने, ‘सरकार पक्ष एक ठाउँमा हुन्छ, प्रतिपक्ष एक ठाउँमा हुन्छ। हामी क्रसपार्टी काम गर्ने चाहँदैनौँ।’ उनले संसद्लाई राजनीतिको केन्द्र बनाउने गरी काम गर्ने पनि बताए। उनले भने, ‘पार्लियामेन्टलाई राजनीतिको केन्द्र बनाउनुपर्नेछ। म त्यसरी काम गर्नेछु।’

प्रकाशित: ७ पुष २०७९ १५:५८ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast