संसद्‌मा केन्द्रित हुने रामचन्द्र पौडेलको इच्छा

हिमाल प्रेस ७ पुष २०७९ १५:४० | Thursday, December 22, 2022
संसद्‌मा केन्द्रित हुने रामचन्द्र पौडेलको इच्छा

काठमाडौँ- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अब आफू संसद्‍मा केन्द्रित रहने बताएका छन्।

पाँच वर्षपछि संसद् छिरेका पौडेलले बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्। पौडेल अघिल्लो चुनावमा पराजित भएका थिए।

यसपटक उनी तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। पौडेलले अर्को एक प्रसंगमा सरकार गठबन्धनकै बन्ने बताए। उनले भने, ‘शक्ति बाँडफाँटको विषय टुंगिनै बाँकी छ। गठबन्धनको बैठक बसेर सबै कुराको टुंगो लगाउनेछौँ।’

प्रकाशित: ७ पुष २०७९ १५:४० | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast