 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन्। महामन्त्री थापाका पक्षमा नेता डा. शेखर कोइराला प्रस्तावक बसेका छन् भने समर्थकमा उपसपभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा बसेका छन्।
संस्थापन इतर समूहको मंगलबार बसेको बैठकमा यस्तो सहमति भएको हो। थापाले आगामी पार्टी महाधिवेशनमा कोइरालालाई सभापतिका रूपमा समर्थन गर्ने सहमति भएको छ। अब कांग्रेस संसदीय दलमा महामन्त्री थापा र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाबीच चुनावी भिडन्त हुने पक्का भएकोछ। शर्माले निर्वाचन लगत्तै थापालाई संसदीय दलको नेता बनाउन आफू प्रस्तावक बस्ने बताउँदै आएका थिए।
संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। कांग्रेसबाट ८९ सांसद छन्। कांग्रेस संसदीय दलको चुनाव बुधबार हुँदैछ। त्यसका लागि मंगलबार अपराह्न २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 