यी हुन् शपथ ग्रहण समारोहमा अनुपस्थित चार सांसद

हिमाल प्रेस ७ पुष २०७९ १५:१५ | Thursday, December 22, 2022
यी हुन् शपथ ग्रहण समारोहमा अनुपस्थित चार सांसद

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा चार जना सांसद अनुपस्थित भएका छन्। प्रतिनिधसभा बैठकमा बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

समारोहमा चार जना सांसद अनुपस्थित रहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार सांसदहरू प्रेम आले , महिन्द्र राय यादव, माया राई र रामकुमार राई अनुपस्थित भएका हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा अन्य सांसदले भने शपथ लिएका छन्। अनुपस्थित सांसदलाई पछि शपथ गराइने पाण्डेले बताए।

प्रकाशित: ७ पुष २०७९ १५:१५ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast