वीरगन्ज महानगरले दैनिक ज्यालादारीका ४ सय कर्मचारी हटायो

हिमाल प्रेस १ पुष २०७९ १७:१९ | Friday, December 16, 2022
वीरगन्ज महानगरले दैनिक ज्यालादारीका ४ सय कर्मचारी हटायो

जनकपुरधाम– वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत करिब ४ सय कर्मचारी हटाएको छ। महानगरपालिका कार्यालय र सोअन्तर्गत सबै विभाग, महाशाखा, शाखा, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई पुस १ गतेबाट लागू हुने गरी दैनिक ज्यालादारी सेवाबाट हटाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।

मंसिर २६ गते सम्पन्न कार्यपालिका बैठकको निर्णयअनुसार ती कर्मचारी हटाइएको सूचनामा जनाइएको छ। वारुणयन्त्र शाखा र नगर प्रहरीका दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई भने नहटाइएको पनि सूचनामा भनिएको छ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४ सय ५० जनाभन्दा बढी कर्मचारी नियुक्त गरेको थियो।

प्रकाशित: १ पुष २०७९ १७:१९ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast