वीरगन्जमा लाखौं मूल्य बराबरको अवैध चामल बरामद

हिमाल प्रेस १ पुष २०७९ ७:४२ | Friday, December 16, 2022
वीरगन्जमा लाखौं मूल्य बराबरको अवैध चामल बरामद

पर्सा- भारतबाट अवैध रूपमा नेपाल भित्रिएका सय बोरा चामल प्रहरीले बरामद गरेको छ।

वीरगन्ज महनागरपालिकाको वडा नम्बर ११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको अवैध चामल प्रहरीले बरामद गरेको हो।

राजश्व छलि भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हुँदै आएको पूर्व सुचनाको आधारमा चारवटा गोदममा छापा मार्ने क्रममा पाँचसय बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

उनले भरियाको मद्दतले राजश्व छली भित्र्याइएको चामल स्थानिय सुजित कलवार, विनोद कलवार, श्याम किसोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहको गोदामबाट बरामद गरिएको बताए।

प्रकाशित: १ पुष २०७९ ७:४२ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast