विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी

हिमाल प्रेस ११ पुष २०७९ १०:०५ | Monday, December 26, 2022
विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने एमालेको तयारी

काठमाडौँ- सरकारमा जाने मन्त्रीको टुंगो लगाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक संवाद थालेका छन्। ओलीसँग छलफलका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरू बालकोटमा पुगेका छन्।

नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरूबीच छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्डको सपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहलाई बालकोट बोलाएर छलफल गरेको बालकोट स्रोतले जनाएको छ।
स्रोतका अनुसार उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जानेछ।

प्रकाशित: ११ पुष २०७९ १०:०५ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast