विश्वकप फुटबल : अर्जेन्टिना छैटौँ पटक फाइनलमा

हिमाल प्रेस २८ मंसिर २०७९ ६:४२ | Wednesday, December 14, 2022
विश्वकप फुटबल : अर्जेन्टिना छैटौँ पटक फाइनलमा

काठमाडौँ- खाडी मुलुक कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ। कतारको लुसेइल रंगशालामा आज राति भएको खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो‍। फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेट पछि जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए। साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३-० गोलअन्तरको जित सुनिश्चित गर्‍यो।

जितसगै अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको समूह चरणको खेल क्रोएसियासँग ३-० को हारको बदला पनि लिएको छ। क्‍वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका थिए। अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्।

विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो। अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ। सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार बुधबार राति १२ः४५ बजेदेखि सुरु हुनेछ।

 

प्रकाशित: २८ मंसिर २०७९ ६:४२ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast