विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई दुई गोलकाे अग्रता

हिमाल प्रेस ३ पुष २०७९ २१:३८ | Sunday, December 18, 2022
विश्वकप फाइनल : पहिलो हाफमा अर्जेन्टिनालाई दुई गोलकाे अग्रता

काठमाडौँ- विश्वकप फाइनलको पहिलो हाफमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० को अग्रता लिएको छ। आइतबार राति कतारी सहर लुसेलस्थित लुसेल रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सी र एंगल डि मारियाले एक–एक गोल गरे।

अर्जेन्टिनाले २३ औँ मिनेटमा पहिलो गोल गरेका थिए। डि मारियामाथि फ्रेन्च फरवार्ड औसमाने डेम्बेलेले फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले सहजै गोल गरेका थिए।

दोस्रो गोल डि मारियाले ३६ औँ मिनेटमा गरे। म्याक अलिस्टरले बक्समा दिएको पासलाई डि मारियाले सुन्दर गोलमा परिणत गरेका थिए।

प्रकाशित: ३ पुष २०७९ २१:३८ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast