विवादित मार्टिनेजसँग कुरा गर्नेछु : एस्टन भिल्लाका प्रशिक्षक एम्री

हिमाल प्रेस ९ पुष २०७९ १०:१३ | Saturday, December 24, 2022
विवादित मार्टिनेजसँग कुरा गर्नेछु : एस्टन भिल्लाका प्रशिक्षक एम्री

काठमाडौँ- एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले गोलरक्षक इमिलियानो मार्टिनेजसँग विश्वकपमा खुसीयाली मनाउँदा देखाएको शैलीबारे कुरा गर्ने बताएका छन्। विश्वकप जितेको अर्जेन्टाइन टिमको सदस्य रहेका मार्टिनेज खुसीयाली मनाउँदा देखाएको व्यवहारका कारण विवादित भएका छन्।

विश्वकपका कारण विश्राममा रहेको इंग्लिस प्रिमियर लिग सुरु हुनै लाग्दा एम्रीको यस्तो भनाइ सार्वजनिक भएको हो। हाल बिदामा रहेका मार्टिनेज क्लबमा फर्किएपछि उनीसँग बात मार्ने एम्रीले बताएका हुन्।

विश्वकप फाइनलमा अर्जेन्टिनालाई फ्रान्समाथि विजयी बनाउन मार्टिनेजले पेनाल्टी बचाएका थिए। पहिलो पटक खाडीमा भएको विश्वकपमा उनी उत्कृष्ट गोलरक्षक घोषित भए। पुरस्कार स्वरुप पाएको गोल्डन ग्लोभ्स बोकेर उनले अनौठो ढंगमा खुसीयाली मनाएका थिए।

राजधानी ब्युनोस आयर्समा अर्जेन्टाइन टिमले गरेको सहर परिक्रममा पनि मार्टिनेजले अशोभनीय हर्कत देखाएका थिए। मार्टिनेजको हातमा फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेको फोटो टासिँएको गुडिया थियो।

लुसेल रंगशालामा खेलिएको फाइनलमा एम्बाप्पेकै गोलका कारण फ्रान्स दुई पटक खेलमा फर्किएको थियो। उनले ह्याट्रिक गरेपछि खेल पेनाल्टीमा धकेलिएको हो। जहाँ अर्जेन्टिना विजयी भयो।

‘मत्त्वपूर्ण खेलमा खेलाडी फरक मनोभावबाट गुज्रिन्छन्। यस्तो बेला आफलाई सम्हाल्न सजिलो हुँदैन,’ एम्रीले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘म उनी (मार्टिनेज) सँग कुरा गर्नेछु। उनी अर्को साता क्लबको अभ्यासमा सहभागी हुँदैछन्। अहिले उनलाई आराम गर्न दिनुपर्छ।’

मार्टिनेजलाई लिएर हाल पूरै फ्रान्स आक्रोशित छ। त्यहाँका खेलकुद मन्त्री एमिली औडेया कास्टेराले मार्टिनेजले असाध्यै अशोभनीय हर्कत देखाएको प्रतिक्रिया दिएकी छन्। ‘उनले अशिष्ट व्यवहार देखाए। उनको यस्तो व्यवहार देखेर हामीलाई अप्ठ्यारो महसुस भएको छ,’ कास्टेराले भनेकी छन्।

प्रकाशित: ९ पुष २०७९ १०:१३ | Saturday, December 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast