काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा विवादका कारण सुरु हुन सकेको छैन।
बिहान ८ बजेदेखि सुरु हुने भने तापनि मतदानस्थलभित्र मोबाइल लैजान पाउने या नपाउने विवादले सुरु हुन नसकेको हो।
निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा छन्।
संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा छन्। जसका कारण मतदान सुरु हुन सकेको छैन।
संसदीय दलको चुनावमा संस्थापनबाट सभापति शेरबहादुर देउवा र संस्थापन इतरबाट महामन्त्री गगन थापा भिड्दैछन्।
प्रकाशित: ६ पुष २०७९ ८:३७ | Wednesday, December 21, 2022
प्रतिक्रिया



