विद्यार्थीलाई अश्लील भिडियो देखाउने धनुषाका शिक्षकलाई कारबाहीको माग

हिमाल प्रेस ७ पुष २०७९ १६:२६ | Thursday, December 22, 2022
विद्यार्थीलाई अश्लील भिडियो देखाउने धनुषाका शिक्षकलाई कारबाहीको माग सांकेतिक तस्बिर।

जनकपुरधाम– धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकले कक्षा कोठाभित्रै विद्यार्थीहरूसँग बसेर अश्लील भिडियो हेरेको पाइएको छ। मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ कजरा रमौलमा रहेको एक विद्यालयमा गणित र विज्ञान विषय पढाउने शिक्षकले विद्यार्थीहरूलाई कक्षा कोठामै उक्त भिडियो देखाएको घटना बाहिरिएको हो।

सो विद्यालयको कक्षा ८मा पढाउन पुगेका ५० वर्षीय शिक्षक विनोद यादवले विद्यार्थीहरूसँगै बसेर अश्लील भिडियो देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। सार्वजनिक भिडियो करिब १० दिनअघिको हो। कक्षा १२ सम्मलाई गणित र विज्ञान विषय पढाउँदै आएका शिक्षक यादवले अश्लील भिडियो विद्यार्थीहरूलाई देखाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।

घटना बाहिरिएलगत्तै स्थानीयले ती शिक्षकलाई कारबाही गर्न माग गरेका छन्। शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ गरेको थियो। तर राजनीतिक दबाबका कारण उनलाई छोडिएको स्थानीयहरूको भनाइ छ। बिनाकारबाही शिक्षक यादवलाई छोडिएपछि बिहीबार सो विद्यालयको अवस्था तनावग्रस्त बनेपछि प्रहरीको अगुवाइमा अहिले त्यहाँको अवस्था सामान्य बनाइएको छ।

यता शिक्षकविरुद्ध कुनै प्रकारको उजुरी नआएकाले पक्राउ गर्न नसकिएको धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप क्षत्रीले बताए। बुधबार त्यहाँको स्थिति नियन्त्रणबाहिर जान सक्ने देखेर मात्रै शिक्षकलाई नियन्त्रणमा लिइएको क्षत्रीले जानकारी दिए।

प्रकाशित: ७ पुष २०७९ १६:२६ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast