विदेशी ब्याट्सम्यान हाबी हुँदा काठमाडौँको सजिलो जित

हिमाल प्रेस १२ पुष २०७९ १६:५२ | Tuesday, December 27, 2022
विदेशी ब्याट्सम्यान हाबी हुँदा काठमाडौँको सजिलो जित

काठमाडौँ-विदेशी ब्याट्सम्यानहरूले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँ नाइट्सले नेपाल टि२० लिगमा जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ। काठमाडौँको जितमा एलेक्स ब्लेकले ४३ बलमा ८३ र आज्मतुल्लाह ओमारजाईले १५ बलमा ४३ रन जोडे। त्यसैगरी विरनदीप सिंहले ३४ बल सामना गर्दा ४९ रनका बनाए।

यी तीनले उम्दा ब्याटिङ गरेपछि काठमाडौँ नाइट्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको जनकपुर १५५ रनमा समेटियो।

जितपछि काठमाडौँ स्थानमा उक्लिएको छ। काठमाडौँका लागि लिगमा यो दोस्रो जित हो। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको काठमाडौँले दोस्रो खेलमा फारवेस्ट युनाइटेडसँग पराजय भोगेको थियो। जनकपुरका लागि भने यो पहिलो हार हो। उसले पनि पोखरालाई पन्छाउँदै लिगको सुरुवात गरेको थियो। दोस्रो खेलमा जनकपुरले विराटनगर सुपर किंग्समाथि जित दर्ता गरेको थियो।

जनकपुरका लागि अफगानिस्तानका अलराउन्डर सामिउल्लाह शिनवाीले सर्वाधिक २९ रनको योगदान गरे। सन्दीप जोराले २६, पवन सराफले २४, सराफुद्दिन असरफले १९ र मोहम्मद आदिल आलमले १६ रन जोडे।

अर्धशतक नजिक पुगेका ओमारजाईले काठमाडौँका लागि बलिङ पनि उत्तिकै बलियो रह्यो। उनले चार ओभरमा २५ रन खर्चिएर तीन विकेट हात पारे। त्यसैगरी बसिर एहमदले दुई विकेट लिए। कमल ऐरी, अविनाश बोहोरा, अनिल खरेल र सुनम गौतमको नाममा एक–एक विकेट रह्यो।

प्रकाशित: १२ पुष २०७९ १६:५२ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast