विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

हिमाल प्रेस २५ मंसिर २०७९ ११:५० | Sunday, December 11, 2022
विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

काठमाडौँ- इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभीआई ग्रुपबीच लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्सको व्यवस्थापन सम्झौता भएको छ। सम्झौतासँगै इस्लिङटन कलेजले उक्त कोर्स अध्ययन, अध्ययापनको जिम्मा लिएको हो।

इस्लिङटलले लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्नेछ। विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानमार र थाइल्याण्डमा अध्यापन हुनेछ।

फेब्रुअरीबाट सुरु हुने कक्षाका लागि आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ। सिंगापुरमा कार्यालय रहेको आरभीआई ग्रुपले विश्वभरका २० शैक्षिक केन्द्रसँग काम गरिरहेको छ।

प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभीआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्डलगायत मुलुकमा काम गरिरहेको जानकारी दिए।

इस्लिङट्न कलेजले यो कोर्सको लागि विद्यार्थी परामर्शदेखि भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने अन्य गतिविधि सञ्चालन गर्नेछ।

इस्लिङट्नका अध्यक्ष शुलभ बुढाथोकीले नेपाली कलेजले विदेशी विश्वविद्यालयको व्यवस्थापन गर्नु मुलुककै लागि गर्वको विषय भएको बताए।

यो साझेदारीमा माइ सेकेन्ड टिचरले सबै पाठ्यसामग्री विद्यार्थीलाई उपलब्ध गराउने छ। अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकको पदपूर्तिलगायत काम माइ सेकेन्ड टिचरले गर्ने जनाइएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ११:५० | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast