विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने कानुन बनाइँदै

हिमाल प्रेस २८ मंसिर २०७९ १५:२३ | Wednesday, December 14, 2022
विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने कानुन बनाइँदै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया

काठमाडौँ- निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मताधिकार दिन कानुन बनाउने प्रतिबद्धता जनाएको छ।  प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिबद्धता जनाएका हुन्।

‘८ वटा कानुन छन्। अब एउटै बन्छ। धेरै कुरा जुधेका पनि छन्’, थपलियाले भने। नयाँ ऐनमा विदेशमा बस्ने नेपाली मतदाताले मतदान गर्ने विषय, निर्वाचनको मिति निर्वाचन आयोग आफैँले तय गर्नेदेखि मतदाता शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने लगायतका विषय समेटिने थपलियाको प्रतिबद्धता छ।

उनका अनुसार निर्वाचनसम्बन्धी एकीकृत ऐन (विधेयक) नयाँ संसद् सुरु भएलगत्तै लैजाने आयोगको तयारी छ।

प्रकाशित: २८ मंसिर २०७९ १५:२३ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast