लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहण शनिबार

हिमाल प्रेस १३ पुष २०७९ १७:३५ | Wednesday, December 28, 2022
लुम्बिनी प्रदेश सांसदको शपथ ग्रहण शनिबार दाङ देउखुरीस्थित लुम्बिनी प्रदेशसभा भवन।

दाङ– लुम्बिनी प्रदेशका सांसदको शपथ ग्रहण शनिबार (पुस १६) मा हुने भएको छ। बुधबार (आज) बसेको प्रदेश सरकारको बैठकले उक्त मितिमा शपथ गराउन प्रमुख प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए। लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ।

प्रकाशित: १३ पुष २०७९ १७:३५ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast