लागूऔषधसहित झापाबाट एक पक्राउ

हिमाल प्रेस ७ पुष २०७९ १०:१० | Thursday, December 22, 2022
लागूऔषधसहित झापाबाट एक पक्राउ प्रतीकात्मक तस्बिर।

झापा- इलाका प्रहरी कार्यालय धुलाबारीले लागूऔषधसहित जनालाई पक्राउ गरेको छ।

हिजो साँझ ६ बजेको झापा मेचिनगर नगरपालिका १० कनिष्का धर्मकाटा स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले भारतको दार्जीलिङ कवलाजोत बस्ने २३ वर्षका सारदिन महमदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो।

महमदलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

प्रकाशित: ७ पुष २०७९ १०:१० | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast