लमजुङबाट नवनिर्वाचित कांग्रेस जनप्रतिनिधिलाई सम्मान

हिमाल प्रेस २ पुष २०७९ १६:४० | Saturday, December 17, 2022
लमजुङबाट नवनिर्वाचित कांग्रेस जनप्रतिनिधिलाई सम्मान

काठमाडौँ– नेपाली कांग्रेसले लमजुङबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ। कांग्रेस लमजुङ-काठमाडौँ सम्पर्क समिति र पार्टीको विद्यार्थी संगठन नेविसंघ लमजुङ-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो।

सम्पर्क समितिले लमजुङ प्रदेशसभा (क) बाट निर्वाचित कांग्रेस लमजुङका जिल्ला सभापति डा. टेकराज गुरुङ, लमजुङ प्रदेशसभा (ख) बाट निर्वाचित कांग्रेस लमजुङका पूर्वसभापति भेषबहादुर पौडेल तथा समानुपातिक सांसदद्वय पार्वती तामाङ र टीकाकुमारी बस्याललाई सम्मान गरेको हो।

कार्यक्रममा कांग्रेस नेता दिलबहादुर घर्तीले लमजुङको विकासका लागि काम गर्न नवनिर्वाचित सांसदलाई आग्रह गरे। सत्तागठबन्धनका साथ कांग्रेस निर्वाचनमा गएको बताउँदै आगामी सरकार पनि कांग्रेसको नेतृत्वमा गठबन्धनकै हुने बताए।

प्रकाशित: २ पुष २०७९ १६:४० | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast