काठमाडौँ- ‘नेपाल–चीन क्रस बोर्डर रेलवे’ अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौँ आएको छ। चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको प्राविधिक टोली रेलमार्ग अध्ययनको लागि काठमाडौँ आएको हो।
टोलीले रेलमार्गको वास्तविक दूरी, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषयको अध्ययन गर्नेछ। ०७८ चैतमा काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। यसको सम्पूर्ण अध्ययन गर्ने जिम्मा चीन सरकारले नै लिएको छ।
यसअघिको प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौँसम्म रेलमार्गको दूरी ७२ किमी हुनेछ। यो रेलमार्गलाई चीन सरकारले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’को अभिन्न भागको रूपमा राखेको छ।
प्रकाशित: १२ पुष २०७९ २०:०४ | Tuesday, December 27, 2022
प्रतिक्रिया



