रुस र चीनमाथि प्रतिबन्ध लगाउँदै अमेरिका

हिमाल प्रेस २४ मंसिर २०७९ ६:१० | Saturday, December 10, 2022
रुस र चीनमाथि प्रतिबन्ध लगाउँदै अमेरिका

काठमाडौँ– अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ। मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ।

प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ।

उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ। प्रतिबन्धबाट रुसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन्।

म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ।
संयुक्त धिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको चीनको सैन्य सामथ्र्यसम्बन्धी प्रतिवेदन र गत अक्टोबरमा निकालेको राष्ट्रिय रक्षा रणनीतिमा पनि चीन र रुसलाई अमेरिकी चुनौतीका रुपमा प्रस्तुत गरेको थियो।
चीन र रुसभन्दा बाहिरका शक्तिले पनि चुनौती थपेका पेन्टागनले बताउँदै आएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ६:१० | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast