रुसले कम्युनिकेसन नेटवर्कमा ४ अर्ब रुबल लगानी गर्ने

हिमाल प्रेस २ पुष २०७९ २१:५८ | Saturday, December 17, 2022
रुसले कम्युनिकेसन नेटवर्कमा ४ अर्ब रुबल लगानी गर्ने

मस्को– रुसी सरकारले कम्युनिकेसन नेटवर्क विस्तार गर्न ४ अर्ब ५० करोड रुबल लगानी गर्ने भएको छ। सन् २०२३/०२४ मा सरकारी स्वामित्वको रुसी रेलवेलाई क्वान्टम कम्युनिकेसन नेटवर्क विस्तार गर्न रुसले सो रकम खर्च गर्ने भएको हो।

यसको डिजिटल अर्थव्यवस्था ढाँचा विकास गर्नका लागि सरकारले रुसी रेलवेमा २०२१ देखि २०२४ सम्म क्वान्टम सञ्चार नेटवर्क विकास गर्न कूल ९ अर्ब ४० करोड रुबल लगानी गर्ने योजना बनाएको हो। संरचनामा सम्भावित प्रयोगकर्ताको लागि क्वान्टम सञ्चारलाई बढावा दिने उपकरणहरू, बिक्री बजारको विकास, सेवाको व्यावसायीकरण र क्वान्टम संचारका उत्पादन गरी १२० भन्दा बढी परियोजना समावेश छन्।

सन् २०२१ मा मस्को र सेन्ट पिटर्सबर्गबीच निर्माण गरिएको पहिलो क्वान्टम कम्युनिकेसन लाइन ७०० किलोमिटर लामो छ र सन् २०२४ सम्ममा यसलाई बढाएर ७ हजार किलोमिटर पुर्‍याउने रुसको योजना छ।

प्रकाशित: २ पुष २०७९ २१:५८ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast