रियलमीको १० प्रो प्लस सार्वजनिक

हिमाल प्रेस ६ पुष २०७९ १३:२६ | Wednesday, December 21, 2022
रियलमीको १० प्रो प्लस सार्वजनिक

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीको प्रिमियम स्मार्टफोन ‘१० प्रो प्लस’ फाइभ जी सार्वजनिक भएको छ।
रियलमी १० प्रो प्लस फाइभ जीमा फ्ल्यागसिप लेभल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ।

९३.६५ प्रतिशत स्क्रिन–टु–बडी रेसियो भएको यो फोनको मोटाइ २.३३ मिमी छ।
हाइपरस्पेस डिजाइन र अल्ट्रालाइट बडी भएको यस रियलमी १० प्रो प्लसको तौल जम्मा १७३ ग्राम छ।

यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जुन १७ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुन्छ।
यसमा फ्ल्यागसिप लेभलकै १०८ मेगापिक्सलको क्यामेरा रहेको छ। क्यामेरामा नोनापिक्सेल प्रविधि प्रयोग गरिएको छ।

हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको बजार मूल्य ४५ हजार ९९९ तोकिएको छ। यसमा ८ जीबी-१२८ जीबी स्टोरेज छ।

प्रकाशित: ६ पुष २०७९ १३:२६ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast