रासफोर्डको निर्णायक गोलमा युनाइटेड विजयी

हिमाल प्रेस १६ पुष २०७९ २०:२२ | Saturday, December 31, 2022
रासफोर्डको निर्णायक गोलमा युनाइटेड विजयी

काठमाडौँ- मार्कस रासफोर्डले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार उल्भरह्याम्पटनमाथि १–० को जित दर्ता गरेको छ। दोस्रो हाफको सुरुवातमा मैदान छिरेका रासफोर्डले ७६ औँ मिनेटमा गोल गरेका थिए।

लेफ्ट विंगबाट बल लिएर उल्भरह्याम्पनको बक्सभित्र प्रवेश गरेका रासफोर्डले ब्रुनो फर्नान्डेजसँग ‘वान–टु’ पास खेल्दै प्रहार गरेका थिए। जसलाई उल्भरह्याम्पटनको रक्षापंक्तिले रोक्न सकेन। रासफोर्डका लागि लिगमा यो छैटौँ गोल हो। उनले गत साता नटिङहम फरेस्टविरुद्धको जितमा पनि गोल गरेका थिए।

यो जितसँगै युनाइटेड शीर्ष चारभित्र प्रवेश गरेको छ। युनाइटेडसँग अब १६ खेलबाट ३२ अंक छ। जुन तेस्रो स्थानको न्युकासल युनाइटेडको भन्दा एक अंक कम हो भने पाँचौँ स्थानको टोटनहमभन्दा दुई अंक बढी हो। पराजित उउल्भरह्याम्पटन भने १८ औँ स्थानमा छ।

प्रकाशित: १६ पुष २०७९ २०:२२ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast