काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्।
जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनका लागि उनी भोजपुर जान लागेकी हुन्।
शिक्षालय उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालयमा दर्शन गर्ने तथा आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्ने कार्यक्रम छ।
प्रकाशित: २८ मंसिर २०७९ ८:३२ | Wednesday, December 14, 2022
प्रतिक्रिया




