काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी नयाँ बन्ने सरकारमा नजाने निर्णय गरेका छन्। आज शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारीमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दुवै पार्टीले समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेका हुन्।
‘सरकारमा जाँदैनौँ, हामी यो सरकारलाई समर्थन मात्रै गर्छौँ,’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने।
नागरिक उन्मुक्ति पार्टीले सरकारमा जानलाई रेशम चौधरीको रिहाइलाई मुख्य बटम लाइन’ बनाएको छ। उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘रेशम चौधरीजीलाई रिहाइ नगरेसम्म सरकारमा जाने बाटो खुला हुँदैन। अहिले हामी ठूलो विश्वासका समर्थनमात्र गर्ने ठाउँमा छौँ।’
प्रकाशित: ११ पुष २०७९ १३:४० | Monday, December 26, 2022
प्रतिक्रिया




